बिदा नपाएपछि मणिपालका चारसय कर्मचारी आगो

बिदा नपाएपछि मणिपालका चारसय कर्मचारी आगो

पोखराको मणिपाल अस्पतालमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले सुत्केरी र किरिया बिदा कटौती गरेको भन्दै कर्मचारीले त्यसविरुद्ध आन्दोलन गरेका हुन्।

अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै विगत पाँच दिनदेखि उनीहरुले धर्ना दिइरहेका छन् । किरिया र सुत्केरी बिदा, यसअघिको सम्झौता कार्यान्वयन र श्रम ऐनअनुसार उपदान पाउनुपर्ने उनीहरूको माग छ ।

‘सुत्केरी र किरिया बिदासमेत नदिनु महापाप हो’, कर्मचारी अमृत पौडलले भने ।

मणिपालमा हरेक वर्ष विभिन्न समूहले धर्ना हुने गरेको छ । एक वर्ष अगाडि श्रम कार्यालयको रोहवरमा अस्पताल प्रशासनसँग सम्झौता भएपनि सो हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । यसपटक पनि कर्मचारीहरुले समस्या समाधान गरिदिन जिल्ला प्रशासन र श्रम कार्यालय गुहारेका छन् ।

पछिल्लो समय मणिपालमा पुराना कर्मचारी हटाएर नयाँ राख्ने प्रवृत्ति बढेको छ । त्यसको समते विरोधमा अहिले अस्पतालका चारसय कर्मचारी धर्नामा छन् ।

टिप्पणीहरू