राधाले पनि कसैलाई छाड्ने भइनन्
पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललगायत सेयर लगानीकर्ताहरुले हरेक वर्षको बैशाखपछि प्रधानमन्त्री,मन्त्री र सरकारी अधिकारीहरुलाई भेट्ने क्रम सँधै बढ्दो छ ।
जेठ १५ गते सरकारले ल्याउने बजेट र त्यसपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा आफ्ना विषयलाई समेट्न उनीहरुले त्यो क्रमलाई सँधै निरन्तरता दिँदै आएका छन् ।
यस पटक पनि त्यो कार्यलाई जारी राखेका छन् । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अस्ति बिहान झण्डै आधा घण्टा भेटिन् ।
यता लगानीकर्ताहरुले गत सातादेखि नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्डलगायतका संस्था र निकायमा आफ्ना कुरा पुर्याउन आन्दोलन र दबाबका कार्यक्रमको थालनी गरेका छन् ।
यसअघि पनि पोखरेलले विशेष रुपमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँग पुँजी बजारको कुरो उठाउँदा मन्त्री तुलनात्मक रुपमा नरम देखिएका थिए । पोखरेलले खतिवडा अमेरिकाको लागि राजदूूत भएर जानुअघि उनको निवास धुम्बाराही पुगेर कार्यकालको शुभकामना र शुभयात्रा भनेकी थिइन् ।
अहिले प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सरकारी अधिकारीहरुलाई उनै पोखरेलले तारन्तार भेट गर्दै आएकी छन् । यसैबीच नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड अगाडि पुँजीबजार सुधार संघर्ष समितिको आयोजनामा भएको विरोध कार्यक्रममा सहभागीलाई प्रहरीले पक्रेको छ । उनीहरुले निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेको आरोपमा प्रहरीले समातेको हो ।
टिप्पणीहरू