स्थानीय निर्वाचनका उम्मेदवारसँग खर्च विवरण मागियो
जिल्ला निर्वाचन कार्यालय पर्वतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन अनुरोध गरेको छ । कार्यालयले आगामी सोमबारभित्र खर्च विवरण बुझाउन सबै उम्मेदवारलाई जानकारी गराएको हो ।
उनीहरुलाई अनिवार्यरुपमा खर्च विवरण बुझाउन भनिएको छ । सरकारले गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन गरेको थियो । निर्वाचन आयोगले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि खर्चको हदसमेत निर्धारण गरेको थियो ।
उम्मेदवारहरुले मतदाता नामावली संकलन, सवारी साधन, प्रचारप्रसार, ढुवानी, गोष्ठीलगायत सम्पूर्ण खर्चको विवरण पनि पठाउनुपर्नेछ ।
कार्यालयले खर्च विवरण फाराम वेवसाइटमा अपलोड राखिदिएको छ ।
टिप्पणीहरू