बेलौरीले कर नतिर्नेलाई सेवा नदिने

बेलौरीले कर नतिर्नेलाई सेवा नदिने

कञ्चनपुरको बेलौरी नगरपालिकाले निर्धारित समयभित्र कर नबुझाउने करदाताको सेवा कटौती गर्ने चेतावनी दिएको छ । नगरपालिकाले आगामी असार २० गतेभित्र कर तिर्न समयसीमा तोक्दै अन्यथा करदाताको सेवा रोकिदिने चेतावनी दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ र आर्थिक ऐन, २०७८ को नियम ७ ले दिएको अधिकारअनुसार नगर क्षेत्रभित्र सञ्चालित व्यवसायीलाई वार्षिक कर बुझाउन नगरपालिकाले भनेको छ ।

नगरले सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, उद्योग, वित्तिय संस्था, कृषि तथा अन्य सहकारी संस्था, लघुवित्त वित्तिय संस्था, बीमा कम्पनीलाई कर तिर्न आह्वानसमेत गरेको छ ।

कर नबुझाएको खण्डमा नगर तथा अन्तर्गतका निकायमार्फत हुने सबै कामकाज रोक्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू