प्रसूति बिदा दायाँबायाँ नगर्न सरकारको निर्देशन

प्रसूति बिदा दायाँबायाँ नगर्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीले पाउनुपर्ने प्रसूति बिदाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । महिला कर्मचारीले नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आउन थालेपछि मन्त्रालयले यससम्बन्धमा कडाइ गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै सरकारी, निजी तथा गैरसरकारी संस्थामा कार्यरत महिलाहरुलाई नियमानुसार १४ हप्ता अर्थात ९८ दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न भनेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहित प्रसूति बिदा दिनुपर्ने उल्लेख छ । मन्त्रालयले गत जेठ ३ गते गरेको यो निर्णय आज सार्वजनिक गरेको हो ।

टिप्पणीहरू