शरीरमा धेरै मौरी राखेर विश्व कीर्तिमान

शरीरमा धेरै मौरी राखेर विश्व कीर्तिमान

एक जना चिनियाँ युवाले आफ्नो शरीरमा छ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान बनाएका छन् । रुआन लियाङमिङ नामका युवाले आफ्नो शरीरमा ६३ दशमलब ७ केजी मौरी राखेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाएका हुन् ।

सामाजिक सञ्जालमा उनको यो तस्बिर र भिडियो भाइरल बनेको छ । उनले सर्वप्रथम एउटा रानी मौरीलाई आफ्नो शरीरमा राखेका थिए । त्यसपछि सबै मौरीहरु रानीलाई खोज्दै उनको शरीरमा आएर बस्न थाले । रुआनको शरीरमा ६० वटा रानी मौरी बसेका थिए ।

उनले ‘मौरीको सबैभन्दा भारी आवरण’ को कीर्तिमान रचेका छन् । गिनिज बुुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसरी शरीरमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ ।

टिप्पणीहरू