राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष, अमेरिकाको बधाई
संयुक्त राष्ट्रसंघको ७७औं महासभामा नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ । एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत निर्वाचित भएको हो ।
नेपाल उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकोमा सबैभन्दा पहिले अमेरिकाले बधाई र शुभकामना दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज सामाजिक सञ्जालमार्फत् बधाई दिएको हो ।
टिप्पणीहरू