ठगी र बैंकिङ कसुरका फरार प्रतिवादी समातिए
ठगी मुद्दाका थप फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ घर भएका ४० वर्षीय जीतबहादुर गुरुङलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको छ । यस्तै बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन् ।
दोलखाको कालिञ्चोक घर भई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमरबहादुर तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सविनमाया तामाङको जाहेरीमा तामाङलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा नुवाकोट जिल्ला अदालतले ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरेको थियो । त्यसपछि फरार उनलाई हिजो काठमाडौंको माकलबारीबाट पक्राउ गरिएको हो । थप अनुसन्धानको लागि उनलाई आज जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।
टिप्पणीहरू