भन्सारको भवन नागरिक उड्डयन प्राधिकरणद्वारा कब्जा
सरकार वा सरकारी निकायले निजी क्षेत्रको सम्पत्ति कब्जा गरेको घटना नौलो होइन । तर राजधानीमा एउटा सरकारी निकायको निर्माणाधीन भवन अर्को निकायले आफ्नो स्वामित्वमा लिएको सार्वजनिक सूचना टाँसेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रशासकीय भवनसँगैको अर्को भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आफ्नो कब्जामा लिएको छ । उसले उक्त निर्माणाधीन भवन अनुमति बिना आफ्नो जग्गामा बनाइएकाले स्वामित्वमा लिइएको दाबी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क विनियमावली २०७८ को नियम २६ को उपनियम १० को प्रावधानबमोजिम प्राधिकरणको मिति २०७९ जेठ २० गतेको निर्णयानुसार कब्जा गरिएको बताइएको छ । भवन कब्जा गरिएको सूचना सोमबार विमानस्थलमा खटिएका विभिन्न कर्मचारीहरुको रोहबरमा टाँसिएको थियो ।
सूचनाअनुसार सोमबारदेखि उक्त निर्माणाधीन भवन नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा आएको दाबी गरिएको छ ।
टिप्पणीहरू