जताततै पहिरो : सडक अवरुद्ध, यात्रुको बेहाल
दुई दिनदेखिको झरी र वर्षासँगै विभिन्न लोकमार्गमा सडक अवरुद्ध भएको छ । वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा घोडाबाँधे–हटिया सडक अवरुद्ध भएको छ ।
गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ ।
यता नारायणगढ–मुग्लिन सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलाको नाम्सी पुलमा गए रातिदेखि सडक अवरुद्ध भएको हो ।
पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । आज राति धेरै ठाउँमा पहिरोका कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।
टिप्पणीहरू