न्यायाधीशहरुले गम्भीर मुद्दाको फैसलाअघि न्यायिक छिद्र खोजेको आरोप

न्यायाधीशहरुले गम्भीर मुद्दाको फैसलाअघि न्यायिक छिद्र खोजेको आरोप

ललितपुर जिल्ला अदालत बार एसोसिएसन महिला समितिले आयोजना गरेको कार्यक्रममा जबर्जस्ती करणीको कसुरको विषय उठाइएको छ । समितिले आयोजना गरेको ‘जबर्जस्ती करणीको कसुरमा न्याय चुहिने छिद्रहरू : चुनौती र निकास’ कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर हुनुुहुन्छ ।

जबर्जस्ती करणी सम्बन्धी मुद्दाहरुमा वकालत गर्दै आउनु भएकी अधिवक्ता तथा समितिको अध्यक्ष थापाले पीडितहरुले वास्तविक न्याय पाउन नसकेकाले कानुनी छिद्रहरु टाल्नको निम्ति बहस हुन भएको जानकारी दिनुभएको छ । उहाँले हदम्यादको बारेमा घटनाको प्रकृतिलाई हेरेर सोहीअनुसारको कानुन हुनुपर्ने धारणा उठ्दै आएको प्रसंग कोट्याउनुभएको छ ।

कार्यक्रममा अधिवक्ता रेवतीराज त्रिपाठी र रोशनी पौडेलले प्रस्ततु कार्यपत्रमाथि टिप्पणी गर्ने तालिका राखिएको छ ।

‘अदालतले पीडितलाई न्याय दिलाउने सन्दर्भमा पूर्ण न्याय दिलाउन सक्यो कि सकेन , समाजमा पुनस्र्थापनाको हकमा न्यायालयले ध्यान दियो कि दिएन भन्ने कुरालाई आधार मानेर कार्यक्रम भएको,’ थापाले कार्यक्रम सुरु हुनै लाग्दा बताउनुभएको हो ।

‘न्यायमूर्तीहरुले त्यस्ता घटनासँग जोडिएका मुद्दाको फैसला गर्ने सन्दर्भमा यदाकदा न्यायमा छिद्र खोजिएको देखिएकाले,’ बाध्य भएर कार्यक्रम गरिएको उहाँको तर्क छ ।

टिप्पणीहरू