मलेसियाबाट आयो नेपाली चेलीहरुको सुखद् खबर

मलेसियाबाट आयो नेपाली चेलीहरुको सुखद् खबर

आइसीसी अन्डर १९ महिला टि–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट ८६ रनको योगफल तयार गरेको थियो ।

मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाएपछि नेपालले २५ रनको जीत हात पारेको हो । नेपालको जीतमा अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान गरिन् भने आश्मा पुलामीले २६ रन जोडिन् ।

मलेसियाकी नुर अब्दुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए । मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

यसअघि पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा भुटानलाई चार विकेटले पराजित गरेको नेपाल चौथो खेलमा भने थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।

छनोटबाट यसअघि नै बाहिरिएको नेपालले सान्त्वना जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको हो ।

टिप्पणीहरू