अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरे कारबाही
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र लिएर मात्र दूरसञ्चार सेवा सञ्चालन गर्न आग्रह गरेको छ । दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था भएकोतर्फ प्राधिकरणले सचेत गराएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालहरुमा अनुमतिपत्र प्राप्त नगरी स्याटलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन गरेको बुझिएको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ । प्राधिकरणले यस्ता गैरकानूनी कार्य गरेको खुल्न आएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
कसैले गैरकानूनी रुपमा इन्टरनेट सेवा सञ्चालन गरेको पाइएमा खबर गर्न पनि प्राधिकरणले सुसूचित गराएको छ ।
टिप्पणीहरू