तनहुँमा मोटरसाइकल र कार मर्स्याङ्दीले बगाएको आशंका, दुई शव फेला

तनहुँमा मोटरसाइकल र कार मर्स्याङ्दीले बगाएको आशंका, दुई शव फेला

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक भासिएको सडकमा दुई जना पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिएको छ ।

नदीमा मोटरसाइकल र कारको केही भाग देखिएकाले राति मानवीय क्षति भएको आशङ्का गरिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण नदीले सडकको तल्लो भाग बगाउँदा सडक भासिएको हो । राति नै उक्त स्थानमा सडक दुर्घटना भएकाे शङ्का गरिएकाे  हाे।

टिप्पणीहरू