नर्वेकी उपविदेशमन्त्री ललितपुरको कृषि फर्ममा

नेपाल भ्रमणमा रहनुभएकी नर्वेकी उपविदेशमन्त्री बर्क साञ्जिया कृषि फर्म अवलोकनको निम्ति ललितपुरको दक्षिण भेग पुग्नुभएको छ । उहाँ कोन्जेसोम गाउँपालिका ५ भारदेउमा रहेको कृषि फर्म निरीक्षण गर्न जानुभएको हो ।

स्थानीय सानुमाया श्रेष्ठको कृषि फर्म निरीक्षण गरेर उहाँ साढे ११ बजे काठमाडौं फर्कनुभएको छ । बिहान १० बजे त्यता जानुभएकी मन्त्री बर्कले झण्डै आधा घण्टा त्यहाँ बिताउनुभएको हो ।

टिप्पणीहरू