समस्या फोहोर: मेयरको एकोहोरो ओहोरदोहोर

समस्या फोहोर: मेयरको एकोहोरो ओहोरदोहोर

राजधानीमा देखिएको फोहोर व्यवस्थापनको विकराल समस्या झन् बल्झिँदो छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटिरहनुभएको छ ।

फोहोर बिसर्जन गर्ने थलो नुवाकोटको सिसडोल र बञ्चरेडाँडाका स्थानीयबासीले भने सम्झौता गर्ने, कार्यान्वयनको जिम्मेवारी बिर्सने सरकार र महानगरपालिकाको विगतलाई शंका गर्दै अझै पनि फोहोर फाल्न दिएका छैनन् । सिसडोल जाने सडकको दुर्दशा टाढैबाट हेर्नेको पनि शरीर सिरिङ्ग हुन्छ ।

यता राजधानीका सडक, गल्ली र चोक फोहोरको थुप्रोले भरिएको छ । बर्खा र गर्मीले गन्ध बढेको छ । सरुवा रोगको प्रकोपको जोखिम पनि त्यत्तिकै छ । यसैबीच हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बालुवाटार बोलाउनुभएको हो ।

उहाँले साहसँग काठमाडौँको फोहर व्यवस्थापनको प्रगतिबार जानकारी लिनुभएको बताइन्छ ।

टिप्पणीहरू