महत्वपूर्ण दुई विधयेक संसदीय समितिमा पठाइयो
यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले विधेयक समितिमा पठाउन प्रस्ताव पेस गर्नुभएको थियो । कानुनमन्त्रीले पेश गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको सभामुख सापकोटाले जानकारी दिनुभयो ।
सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक पेश गरेको थियो ।
टिप्पणीहरू