बन्द हड्ताल रोक्न राजपत्रमा प्रकाशित

बन्द हड्ताल रोक्न राजपत्रमा प्रकाशित

सरकारले अत्यावश्यक क्षेत्रमा बन्द हड्ताल गर्न प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध जारी गरेको गृहले जनाएको छ ।

गृहका अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार, हवाई अड्डा वा हवाईजहाजको रेखदेख, त्यसको सञ्चालन वा मर्मतसम्बन्धी कार्यमा रोक लगाउन पाइने छैन ।

त्यसैगरी, विमानस्थल, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने सम्बन्धी सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सामानको उत्पादन अर्थात् रक्षा व्यवस्थाको सेवा बन्द गर्न पाईंदैन ।

सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानी, पर्यटन, एलपी ग्याँस, पेट्रोलियम पदार्थ, अस्पताल तथा स्वास्थ्य केन्द्र, औषधि निर्माण, फोहोरमैला व्यवस्थापन, बैंकिङलगायत क्षेत्र सञ्चालनमा रोक लगाउन नपाइने गृहले जनाएको छ ।

बिमा, विद्युत, दैनिक उपभोग्य वस्तु, मौसम पूर्वानुमान, मास्क, ह्याण्ड स्यानिटाइजर, भेटेनरी, कन्सूलर, राहदानी र इन्टरनेटबाट प्राप्त हुने सेवा पनि अति आवश्यकमा पर्दछ । यी सेवामा पनि बन्द हड्ताल गर्न पाइने छैन ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना.pdf”]

टिप्पणीहरू