चीनको सुझाव लत्याएर नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको दावी

चीनको सुझाव लत्याएर नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको दावी

चीनका तत्कालीन राष्ट्रपति हु चिनथाओले डेढ दशकअघि नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि आफ्ना प्रतिनिधि पठाउनुएको थियो । उहाँले स्टेट काउन्सिलर थाङ जिया सुआनलाई सन् २००६ मा काठमाडौैं पठाउनुभएको हो ।

चीन अध्ययन केन्द्रका तत्कालीन अध्यक्ष मदन रेग्मीका अनुसार थाङले काठमाडौं बसाईको क्रममा राजा ज्ञानेन्द्र शाह र राजनीतिक दलका नेताहरुबीच समन्वयको प्रयास गर्नुभएको थियो । सोही क्रममा केन्द्रले समेत थाङको सम्मानमा दिवा भोजको आयोजना गरेको थियो । उक्त भोज चिनियाँ दूतावासको सहयोगमा आयोजना गरिएको रेग्मीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।भोजमा विभिन्न दलका नेता,नेपाल सरकारका उपप्रधानमन्त्री,मन्त्री, बुध्दिजीवी,सञ्चारकर्मी,उच्चपदस्थ सरकारी कर्मचारी र काठमाडौंस्थित विभिन्न देशका कूटनीतिज्ञहरुको उपस्थिति थियो । रेग्मीका अनुसार चिनियाँ विशिष्ट पाहुना नेपाल आउनुअघि नै बेइजिङले नेपालको राजनीतिमा देखिएको मतभेद अन्त्य गर्न भन्दै राजनीतिक स्थिरता र प्रगतिलाई प्राथमिकतामा राखेर दुई वटा विकल्प अघि सारेको थियो ।

तर ती विकल्पहरु कस्ता थिए भन्नेबारे केही बताइएको छैन । चिनियाँ राष्ट्रपतिका दूत तथा स्टेट काउन्सिलर थाङको सम्मानमा राजा ज्ञानेन्द्रले दिनुभएको रात्रि भोजमा पनि चिनियाँ पाहुनाले शाहलाई मिलेर अघि बढ्न सल्लाह दिनुभएको रेग्मीको दाबी छ । तर, राजाले चीनको सुझावलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिनुभएको रहेछ ।

राजाले चीनको सुझावलाई मनन् गर्नुभएको भए सम्भवतः नयाँ दिल्लीमा माओवादी र संसदवादी दलहरुबीच १२ बुँदे सम्झौता नै नहुने ठोकुवा उहाँको छ ।

टिप्पणीहरू