बालबाल बाँचे सलमान, घरमै सार्पसुटर पुगेको खुलासा

बालबाल बाँचे सलमान, घरमै सार्पसुटर पुगेको खुलासा

बलिउड सुपरस्टार सलमान खानमाथि भौतिक आक्रमणको प्रयास गरिएको खुलासा भएको छ । संदिग्ध लरेन्स विश्नोईको समूहले योजनाबद्ध रुपमा मार्न सलमानको घरमै ‘शार्पसुटर’ पठाइएको तथ्य खुलेको हो ।

भारतीय समाचार संस्था टाइम्स नेटवर्कले उक्त समूहले सलमानलाई कहिले मार्ने प्रयास गरेको हो भन्ने कुरा समाचारमा खुलाएको छैन ।

सिद्धु मूसवालाको हत्या गर्ने बिश्नोईले सलमानको हत्या गर्न हक्की क्यासिङमा लुकाएर सानो बोरको हतियारसहित सुटर पठाएको समाचारमा उल्लेख छ । सलमानलाई मार्न उनको घरको गेट बाहिर सुटरहरु कुरेर बसेका थिए ।

त्यो दिन बिहान सुरक्षा गार्डहरु नलिई सलमान साइकल चलाउन जाने कुरा पत्ता लगाएर उनीहरुले उक्त योजना बनाएको बताइएको छ । तर, त्यो दिन कन्सर्ट परेकाले सोही समयमा मुम्बई पुलिस सलमानको घरमा पुगेसँगै सुटर पछि हटेको दाबी गरिएको छ ।

केही दिन अगाडि सलमान र उनका पिता सलिम खानलाई ज्यान मार्ने धम्कीको पत्र आएको थियो ।

टिप्पणीहरू