लोसपाकी चन्दा भारतीय दूतावासमा, दूतावासकी कार्यवाहक राजदूत जंगी अड्डामा
लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी हिजो दिउँसो लैनचौरस्थित भारतीय दूतावासमा छिरेकी छन् । उनले दूतावासका पोलिटिकल डिपार्टमेण्टका अधिकृत प्रियादर्शनीसंँग भेट गरेको स्रोतको दाबी छ । चौधरी करिब आधा घण्टा भेटवार्ता गरेर दूतावासबाट साढे ४ बजे निस्केकी थिइन् ।
यता भारतीय दूतावासकी कार्यवाहक राजदूत नामाग्या सी.खाम्पा हिजै दिउँसो भद्रकालीस्थित सैंनिक मुख्यालय पुगेको बताइएको छ । भारतीय कार्यवाहक राजदूतले प्रधानसेनापति प्रभुराम शर्मासँग दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा शिष्टाचार भेटवार्ता गरेको सेनाले जानकारी दिएको हो ।
हिजै भारतको महाराष्ट्र राज्यको लोक सभा सदस्य सुप्रिया सुले छ सदस्यीय टोली लिएर काठमाडौं आएकी छन् । भारतीय सांसदको टोली चार्टर विमानबाट बिहान साढे ९ बजे काठमाडौंमा ओर्लिएको थियो ।
टिप्पणीहरू