अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डरको लञ्च बबरमहलमा

अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डरको लञ्च बबरमहलमा

नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको उच्चस्तरीय टोलीले आज दिउँसोको खाना –लञ्च) बबरमहलमा खाएको छ ।

अमेरिकी सेनाका इण्डो–प्यासिफिक कमाण्डर तथा जनरल चाल्र्स ए फ्लिन नेतृत्वको टोली आज त्यहाँ गएको हो ।

यसअघि फ्लिनको टोलीले हिजो दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेको थियो ।

बौद्धस्थित हायात होटलमा बसेको टोलीले हिजो बिहान बसन्तपुर र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेको थियो ।

टिप्पणीहरू