स्वयम्भूमा बधाई दिइयो

स्वयम्भूमा बधाई दिइयो

नेकपा (एकीकृत समाजवादी) ले आज स्वयम्भू नजिकै धन्यवाद तथा बधाई कार्यक्रम आयोजना गरेको छ । पार्टीको काठमाडौँ महानगरपालिका १५ वडा कमिटीले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम पार्टीका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको थियो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा महानगरपालिकाको १५ नम्बर वडामा पार्टीका उमेदवारलाई विजयी गराउन सहयोग गरेका वडावासीहरूलाई धन्यवाद तथा बधाइ दिन कार्यक्रम राखिएको बताइएको छ ।

स्वयम्भूको भुइँखेलमा बिहान साढे ७ बजेदेखि भएको कार्यक्रममा नेता खनाललगायतका नेताहरु पुग्नुभएको हो ।

टिप्पणीहरू