एमाले महासचिवद्वारा आफ्नो पार्टीभन्दा माओवादीको चर्चा
नेकपा एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले गत स्थानीय तह निर्वाचनमा सिट संख्या सामान्य बढाए पनि जनमतमा ठूलो क्षति व्यहोरेको निश्कर्ष निकाल्नुभएको छ । उहाँले नेपाली काँग्रेससँग गठबन्धन गरेका कारण उसले उक्त क्षति व्यहोरेको ठहर हिजो ललितपुरको महालक्ष्मी स्थानमा आयोजित पार्टी कार्यक्रममा सुनाउनुएको हो । एमाले जिल्ला निर्वाचन परिचालन कमिटी ललितपुरको आयोजनामा भएको कार्यक्रममा पोखरेलले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनमा सामेल वामपन्थी शक्तिहरूले ठूलो क्षति व्यहोरेका छन् । माओवादी केन्द्रले विगतमा हासिल गरेको भन्दा सिट संख्या बढाएको देखिन्छ । तर समग्रमा जनमत उल्लेख्य तवरले घटेको छ ।’ पोखरेलका अनुसार २०७४ को निर्वाचनमा माओवादी केन्द्रले १७ प्रतिशत जनमत पाएको थियो । यस पटक घटेर १३ प्रतिशतमा झरेको छ ।
“पोखरेलका अनुसार २०७४ को निर्वाचनमा माओवादी केन्द्रले १७ प्रतिशत जनमत पाएको थियो । यस पटक घटेर १३ प्रतिशतमा झरेको छ । “
उहाँले माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्तिका रूपमा समेत नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘एउटा राजनीतिक शक्तिको भविष्यका लागि भन्ने हो भने,नेकपा माओवादी केन्द्रले अब वामपन्थी आन्दोलनमा भूमिका खेल्न नसक्ने स्थानीय तहको निर्वाचन परिणामले प्रमाणित गरेको छ ।’
उहाँले एमालेको भविष्यको बारेमा भन्दा पनि माओवादी केन्द्रको बढी चिन्ता लिँदै भन्नुभएको छ, ‘नेपालको राजनीतिमा अस्तित्व रक्षाका लागि माओवादीलाई कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता देखिएको छ ।
टिप्पणीहरू