भक्तपुरको टहरोमा बेवारिसे लाश
भक्तपुरको निर्माणाधीन टहरोमा बेवारिसे लाश फेला परेको छ । आज बिहान ८ बजेको समयमा उक्त स्थानमा बेवारिसे शव देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।
मध्यपुर थिमी नगरपालिका ८, बोडेको मिलरोडस्थित निर्माणाधीन जस्ताको टहरामा अन्दाजी ३५ वर्ष उमेरको पुरुषको लास फेला परेको हो ।
प्रहरीले मृतकको परिचय नखुलेपनि घटनास्थलको निरीक्षण र अनुसन्धान थालेको बताएको छ ।
टिप्पणीहरू