काठमाडौंमा आन्तरिक टर्मिनलको नयाँ प्रस्थान कक्षको उद्घाटन

काठमाडौंमा आन्तरिक टर्मिनलको नयाँ प्रस्थान कक्षको उद्घाटन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको केही बेरअघि उद्घाटन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको उक्त कक्षको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभएको हो ।

यसअघिको प्रस्थान कक्ष निकै साँघुरो र फोहोर देखिएकाले नयाँ निर्माण गरिएको बताइएको छ । तर, आन्तरिक टर्मिनल भवनमा पछिल्ला दिनमा निर्माण गरिएका नयाँ संरचनामा आधुनिक प्रविधिको प्रयोग भने गरिएको छैन ।

आन्तरिक हवाई यात्रुको लगेज चेक इन र हस्तान्तरणमा समेत नयाँ प्रविधि र सरलता अपनाइएको छैन ।

टिप्पणीहरू