निलम्बित गाउँपालिका अध्यक्षलाई निर्वाचनमा संलग्न नगराउन माग

निलम्बित गाउँपालिका अध्यक्षलाई निर्वाचनमा संलग्न नगराउन माग

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा निलम्बित कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको ( जिसस) निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीपछि भ्रष्टाचार पुष्टि भई फरार रहेकाले उनलाई जिससको निर्वाचनमा सहभागी नगराउन माग गरिएको हो ।

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै विशेष अदालतबाट फरार सूचीमा रहेका अध्यक्षलाई मतदान प्रक्रियामा सहभागी नगराउन आग्रह गरेका हुन् ।

अध्यक्ष उपाध्यायको नाम मतदाता नामावलीमा प्रकाशित भएकोतर्फ उल्लेख गर्दै उनले भनेका छन्, ‘मतदान प्रक्रियामा सहभागी नगराइयोस् ।’ खनालले माग गरेको निवेदन मुख्य निर्वाचनको कार्यालयमा अस्ति पेश भइसकेको छ ।

टिप्पणीहरू