राजधानीबासी फोहोरको अगाडि बसेर लस्सी पिउन अभ्यस्त (भिडियो सहित)

राजधानीबासी फोहोरको अगाडि बसेर लस्सी पिउन अभ्यस्त (भिडियो सहित)

सयौं कोशिसपछि काठमाडौंको फोहोर बल्ल उठाउन थालिएको छ । फोहोरमैला व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलवासीसँग १८ बुँदे सम्झौता भएपछि राजधानीको फोहोर उठ्न थालेको हो । फोहोर पूर्णरुपमा उठ्न अझै १० दिन लाग्ने महानगरपालिकाले जनाएको छ । राजधानीको अति व्यस्त ठाउँमध्येको एक इन्द्रचोकमा पछिल्लो महिनादेखि निकै रोचक दृश्य देखिएको छ ।

फोहोरको डँगुरसँगै रहेको जनकपुर दही लस्सी भण्डारमा शुक्रबार सर्वसाधारणहरुको निकै भीड देखियो । मास्क लगाएर हिँड्न सकस पर्ने उक्त क्षेत्रमा लस्सी पिउनेको लाइन उस्तै थियो । फोहोरका कारण सडकमा ओहोरदोहोर गर्न पनि निकै घिनलाग्दो अवस्था थियो ।

यस्तो फोहोरको छेउमा बसेर लस्सी पिउनु स्वास्थ्यको दृष्टिकोणले असम्भवझैं देखिन्छ । तर, यसैलाई मध्यनजर गर्दै लस्सी पिउनेहरु लामबद्ध लाइनमा उभिएका थिए । मानौं, उनीहरुले फोहोर देखेकै छैनन्, गन्ध आएकै छैन या, उनीहरुलाई फोहोरले केही असर पुर्याएको छैन ।

लस्सी पसलको छेउमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालय छ । स्वदेशी र विदेशी दुवैको आकर्षण क्षेत्र भनेर चिनिने इन्द्रचोक महिनौंदेखि फोहोरका कारण हिँडिसाध्य छैन । जथाभावी फोहोरको पहाड मात्रै देखिन्छ ।

घर, कार्यालय र पसलदेखिको फोहोर सडकमा ल्याएर थुपारिएको हो । वर्षाका कारण फोहोरबाट महामारी फैलिने आशंकामा आमनागरिक सशंकित हुन थालिसकेका छन् । नगरबासीले फोहोरलाई वर्गीकरण नगर्दा फोहोरबाट असाध्य दुर्गन्ध फैलिएको विज्ञहरु बताउँछन् ।

टिप्पणीहरू