रोनाल्डोमाथिको बलात्कार अभियोग खारेज
विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।
सन् २००९ मा अमेरिकाकाे लस भेगसस्थित एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामाथि सुनुवाई भैरहेको थियो । तर, मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पुष्टि भएपछि अमेरिकी अदालतले मुद्दा खारेज गरेको हो ।
यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए ।
मागेअनुसारको रकम पाए मुद्दा नहाल्ने बताएकी युवतीले सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि तीन सय ७५ हजार डलर माग गरेकी थिइन् । तर, पछि थप रकम माग्दा नपाएपछि उनले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।
टिप्पणीहरू