पत्नीको बिमारीकाबीच पूर्व प्रधानसेनापतिको दुवै मिर्गौलामा समस्या

पत्नीको बिमारीकाबीच पूर्व प्रधानसेनापतिको दुवै मिर्गौलामा समस्या

लामो समयदेखि पत्नी उमाको बिमारीमा हेरविचार गर्दै आउनुभएका पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उहाँका दुवै मिर्गौला काम नलाग्ने भएका छन् ।

केही दिन पहिले मिर्गौलामा थप समस्या आएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरिएको थियो । केही दिन उपचार र डायलासिस गरेर उहाँ आफ्नै निवास ललितपुरको खुमलटारमा आराम गरिरहनुभएको छ ।

पारिवारिक स्रोतका अनुसार मिर्गौला प्रत्यारोपणको निम्ति दाताको खोजी भइरहेको छ । ‘कटवालले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाउनुभएकाले मिर्गौला फेला नपरेसम्म हप्ताको दुई पटक डायलासिस गर्न सल्लाह दिइएको छ,’ अस्पताल स्रोतले बतायो ।

टिप्पणीहरू