पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर बोर्डर पारि रोकिए
नेपालको लागि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर रुपन्देहीको सुनौली नाका नआउँदै रोकिएका छन् । दुई दिनदेखि ती ट्याङ्कर भारतीय भूमिमा लाइन लागेका हुन् । भारतीय भन्सार कार्यालयले नयाँ सिस्टम परिवर्तन गरेका कारण समस्या सिर्जना भएकाले ट्याङ्कर रोकिएको हो ।
भैरहवा भन्सार कार्यालयका अनुसार सोही कारण नेपाल आउने पेट्रोलियम पदार्थ अस्तिदेखि रोकिएका हुन् । भैरहवा भन्सारबाट दैनिक ४० देखि ५० वटा टयाङ्कर आउँथे ।
भारतबाट पेट्रोलियम पदार्थ नआएको थाहा पाएपछि अधिकांश पेट्रोल पम्प बन्द गरिएको छ । नेपालमा केही दिनलाई पुग्ने मौज्दात भए पनि पेट्रोलियम पदार्थको अभाव देखाउन व्यवसायीले उक्त रणनीति अपनाएको सवारी साधनका चालकहरुको भनाइ छ ।
टिप्पणीहरू