पार्टी फुटाउने र फुटाउन खोज्ने सबै बालुवाटारमा
मुलुकको राजनीतिक अवस्था तरल बन्न थालेको छ । स्थानीय तहको निर्वाचनपछि उक्त तरलताको सम्भावना दिनहुँ बढेको हो । राजनीतिक दलका नेताहरुबीच एकान्त र समूहमा गरिने भेटवार्ता पनि बाक्लिएको छ ।
हिजो मात्रै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै लामो भेटवार्ता गरेपछि राजनीति थप तरंगित बनेको हो ।
आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मधेश केन्द्रित राजनीतिक दलका नेताहरुले पालैपालो भेटेको खबर प्राप्त भएको छ ।
गत वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने र विरोध गर्ने विषयमा जनता समाजवादी पार्टी विभाजन भएपछि गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेताले आज बिहान प्रधानमन्त्रीलाई भेटेका हुन् ।
महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग बिहान झण्डै एक घण्टा वार्तालाप गरेको लोसपा स्रोतले बताएको छ । उहाँ प्रधानमन्त्रीको आग्रहमा भेटघाटको निम्ति बालुवाटार जानुभएको बताइन्छ ।
आजै बालुवाटारमा प्रधानमन्त्री देउवासँग एक जना भूतपूर्व प्रधानमन्त्रीेले पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच आधा घण्टा कुराकानी भएको स्रोतको दाबी छ ।
भट्टराई नेता महतो बालुवाटारबाट निस्केपछि त्यहाँ पुग्नुभएको थियो ।
टिप्पणीहरू