राष्ट्रियसभा बैठक पर्सिलाई सारियो

राष्ट्रियसभा बैठक पर्सिलाई सारियो

भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक एक दिन पछि सरेको छ । भोलि दिउँसो १ बजेका लागि डाकिएको बैठक पर्सिसम्म सारिएको हो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले विशेष कारणवशः तोकिएको दिन र समयमा बैठक बस्न नसक्ने जानकारी दिए । अर्को बैठक पर्सि दिउँसो १ बजेका लागि डाकिएको छ ।

‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ महासचिव गौतमले जारी गरेको सूचनामा लेखिएको छ ।

टिप्पणीहरू