एकै ठाउँमा ७० जोडीको विवाह
अफगानिस्तानमा रोचक खालको विवाह समारोहको आयोजना गरिएको छ । राजधानी काबुलमा ७० जोडीले सामूहिक विवाह गरेका छन् । आर्थिक समस्याका कारण विवाह गर्न नसकेका जोडीलाई एउटा परोपकारी संस्थाले सामूहिक विवाहको चाँजोपाँजो मिलाइदिएको हो ।
सिलब फाउण्डेसनले हिजो सामूहिक विवाह समारोहको आयोजना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाहमा बेहुला र बेहुलीतर्फका सीमित आफन्तहरु मात्रै सहभागी थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नुलाई निकै महँगो मानिन्छ ।
बेहुला र बेहुलीका परिवारबाट सयौंलाई आमन्त्रित गर्दा लाखौं खर्च हुने भएकाले त्यहाँ विवाह गर्ने अवस्था निकै गाह्रो हुँदै गएको हो । यता, तालिबान सरकारले पनि महँगो विवाह समारोहहरू आयोजना गर्न निरुत्साहित गरेको छ ।
टिप्पणीहरू