ऋषि धमला कहिले लैनचौर, कहिले खुमलटार

ऋषि धमला कहिले लैनचौर, कहिले खुमलटार

राजनीतिक माहौल तरल हुँदै गएपछि पत्रकार ऋषि धमलाको दौडधुप पनि नेताहरुको भन्दा कम देखिँदैन । उनी पछिल्लो केही सातादेखि नेताहरुसँगको भेटघाटमा निकै सक्रिय भएका छन् ।

अघिल्लो साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न धमला प्रचण्ड निवास खुमलटार पुगेका थिए । हिजो उनी एकाएक लैनचौरस्थित भारतीय राजदूतावासमा छिरेका हुन् ।

भारतीय दूतावासमा धमलाले भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल स्टेशन प्रमुख राघव प्रसाद भट्नागरसँग मध्यान्हको समयमा भेटेको बताइन्छ । भट्नागरसँग धमलाले झण्डै एक घण्टा कुराकानी गरेका थिए ।

धमलासँगको कुराकानीपछि मात्रै ‘रअ’ का नेपाल प्रमुख हिजो दिउँसो लञ्चको निम्ति निस्किएका थिए ।

टिप्पणीहरू