प्रेमीको पत्नी भकुर्ने भाउजू कमरेडलाई दाङ लगियो

प्रेमीको पत्नी भकुर्ने भाउजू कमरेडलाई दाङ लगियो

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली) लाई जिल्ला प्रहरी कार्यालय दाङ लगिएको छ । कुटपिट तथा अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेकी उनलाई थप अनुसन्धानको निम्ति दाङ पठाएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए ।

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने उनको भनाइ छ । घरको बेडरुममै छिरेर आफू र छोरीलाई कुटपिट र लछारपछार गरेको भन्दै मीना भण्डारी बस्नेतले राज्यमन्त्री वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुल्सीपुरमा आजै जाहेरी दिएकी थिइन् ।जाहेरीसहित आवश्यक कागजात पनि प्रहरीले जिल्ला पठाउन लागेको हो । वलीविरुद्ध अभद्र व्यवहार, गालीगलौज कसूरमा अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक स्वाँरले जानकारी दिएका छन् ।

वलीले आज बिहान वाइसिएलका नेता तथा ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई घरमै पुगेर कुटपिट गरेपछि घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । यता, वलीविरुद्ध आज दिँउसो प्रहरी कार्यालय बाहिर स्थानीय महिलाले चर्को नाराबाजीसमेत गरेका छन् ।

टिप्पणीहरू