मन्त्रिपरिषद् बैठक सकियो
आज अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ । साँझ ५ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाकिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, वनमन्त्री रामसहाय प्रसाद यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सहभागिता थियो ।
त्यसैगरी श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, महिलामन्त्री उमा रेग्मी, निर्माण तथ भौतिक योजनामन्त्री रेणुकुमारी यादव, शिक्षामन्त्री देवेन्द्र पौडेल, कृषिमन्त्री महेन्द्र राय यादवलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू