राष्ट्रसंघीय उपमहासचिवले लुम्बिनीमा पिपल रोप्नुभयो
नेपाल भ्रमणमा रहनुभएकी संयुक्त राष्ट्रसंघीय उपमहासचिव कानी विग्नराजाले लुम्बिनीमा पिपलको बिरुवा रोप्नुभएको छ । युएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निर्देशकसमेत रहनुभएकी विग्नराजाले लुम्बिनी विश्व शान्तिका लागि प्रेरणास्थल रहेको बताउँदै लुम्बिनी ग्राममा पिपलको बोट रोप्नुभएको हो ।
सन् २००८ मा तत्कालीन राष्ट्रसंघीय महासचिव बान की मुनपछि राष्ट्र संघीय पदाधिकारीमध्येबाट भएको यो नै दोस्रो उच्चस्तरीय भ्रमण हो । विग्नराजाको टोलीले मायादेवी मन्दिरमा दीप प्रज्वलन र प्रार्थना समेत गरेको छ ।
संयुक्त राष्ट्र संघीय कार्यक्रम दिगो विकास लक्ष्य पूरा गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय र युएनडीपी नेपालबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर पनि भएको छ । विश्वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्य र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले हस्ताक्षर गर्नुभएको हो ।
उक्त योजनामा लुम्बिनी क्षेत्रलाई थप ‘क्लिन’ र ‘ग्रिन’ बनाउने उल्लेख छ ।
टिप्पणीहरू