एसपीपी सम्बन्धी समाचार असत्य : अमेरिकी दूतावास

एसपीपी सम्बन्धी समाचार असत्य : अमेरिकी दूतावास

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको भनिएका समाचार र प्रकाशित दस्तावेज असत्य रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले दाबी गरेको छ । दूतावासले आफ्नो नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन आग्रह नगर्ने तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गरिने स्पष्ट पारेको हो ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकाको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एउटा आदानप्रदान कार्यक्रम रहेको दूतावासको भनाइ छ । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने गरेको बताइएको छ ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारी भएको उल्लेख छ । तीमध्ये अधिकांश देश दक्षिण एसियाली क्षेत्रमा नरहेको उसको दाबी छ ।

आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपंक्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम बनेको भन्दै अमेरिकाले एसपीपीको विरोध गर्नुको कुनै अर्थ नरहेको उल्लेख गरेको हो ।

टिप्पणीहरू