बाघले टोकेपछि पूर्वम्यादी प्रहरी बेपत्ता

बाघले टोकेपछि पूर्वम्यादी प्रहरी बेपत्ता

सामुदायिक वनमा निउरो टिप्न गएकी युवती बाघको आक्रमणमा परेकी छन् । चितवन भरतपुर महानगरपालिका-२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई आज बिहान बाघले टोकेको हो ।

प्रहरीका अनुसार उनीसहित १० जना स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका थिए । सोही समयमा पूर्वम्यादी प्रहरीसमेत रहेकी रेखालाई बाघले झम्टिएको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार उनको उद्दारका लागि ईलाका प्रहरी कार्यालय दिब्यनगर फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको छ । अहिले हात्तीको सहायतामा खोजतलासको भईरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो ।

टिप्पणीहरू