संसदबाट बजेट पास भयो

संसदबाट बजेट पास भयो

संघीय संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक स्वीकृत गरेको हो । यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजन विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको थियो । १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमा गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल चलेको थियो ।

टिप्पणीहरू