एमाले अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनमा एसपीपी पत्राचार

एमाले अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनमा एसपीपी पत्राचार

अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले अमेरिकासँग पत्राचार गरेको पुष्टि भएको छ ।

सेनाले सन् २०१५ को २७ अक्टोबर अर्थात् २०७२ कात्तिक १० गते पत्राचार गरेको तथ्य खुलेको हो । तत्कालीन ओली सरकारले नेपाली सेनार्फत् अमेरिकासँग एसपीपी सम्बन्ध कायम गर्न माग गर्दै पत्राचार गरेको देखिन आएको हो ।

सेनाले २७ अक्टोबर २०१५ (१० कार्तिक २०७२) मा तत्कालीन अमेरिकी राजदूत एलाइना बि. टेप्लिजलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय भएको उल्लेख गर्दै पत्राचार गरेको थियो ।

त्यतिबेला ओली पहिलो पटक प्रधानमन्त्री हुनुभएको १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

टिप्पणीहरू