उपराष्ट्रपति सोल्टी होटल पुग्नुभयो
उपराष्ट्रपति नन्दबहादुर पुन कालिमाटीस्थित सोल्टी होटल पुग्नुभएको छ । उहाँ आईसिटी फाउण्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख आतिथ्यको निम्ति त्यहाँ पुग्नुभएको हो ।
सोल्टीमा आज उक्त फाउण्डेसनले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को आयोजना गरेको छ । उपराष्ट्रपति पुन उक्त कार्यक्रम समुदघाटनको निम्ति होटल सोल्टी पुग्नुभएको आयोजक पक्षले बताएको छ ।
टिप्पणीहरू