डडेलधुरामा एसएलसी दिएपछि भारत हुँदै काठमाडौं गएको प्रधानमन्त्रीको अनुभव

डडेलधुरामा एसएलसी दिएपछि भारत हुँदै काठमाडौं गएको प्रधानमन्त्रीको अनुभव

‘धनगढी र वरपर पहिले केही थिएन । मैले एसएलसी दिएपछि डडेल्धुराबाट धनगढी आउँदा पनि केही थिएन । गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाडौं पुगेको हुँ । अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ । धनगढीबाट सिधै काठमाडौं पुग्न सकिन्छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा आयोजित कार्यक्रममा सो क्षेत्रको विगत र अवस्थाबारे कोट्याउँदै भन्नुभयो ।

प्रधानमन्त्री देउवाले आज धनगढी उमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने कुरा पनि बताउनु भएको छ । कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा कलेजको भौतिक संरचना बनिसकेको छ ।

सात कारोड २३ लाख ४५ हजार रुपैयाँमा कैलालीको गोदावरीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण भएको छ । प्रधानमन्त्री देउवा त्यही भवनको उद्घाटन गर्न धनगढी पुग्नुभएको हो ।

टिप्पणीहरू