एमाले बन्दसत्रमा ज्योती मगरको ‘इन्ट्री’
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र चलिरहँदा लोकदोहोरी गायिका ज्योती मगर विभिन्न उम्मेद्वारको प्रचारमा उत्रिएकी छन् । पछिल्लो समय एमालेमा खुलेकी उनी केहीबेर अघि बन्दसत्रस्थल भृकुटीमण्डप पुगेकी छन् ।
ज्योतीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट विभिन्न पदमा उम्मेद्वारी दिएका नेताहरुको फोटो बोकेर मत मागेकी छन् । उनले त्यहाँ सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफू युवाहरुको पक्षमा रहेको पनि बताइन् ।
टिप्पणीहरू