प्रधानसेनापति अमेरिका भ्रमणको निम्ति प्रस्थान, तर सोझै वाशिङटन नजाने
प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको औपचारिका भ्रमणको लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ टर्किस एअरलाइन्सको टीके ७२७ नम्बरको उडानबाट आज बिहान त्यसतर्फ जानुभएको हो ।
काठमाडौंबाट टर्किको इस्तानबुल जानुभएका प्रधानसेनापति शर्मा सोझै अमेरिका नजाने कार्यक्रम बनाइएको छ । सात सदस्यीय टोलीको नेतृत्व गर्दै शर्मा पहिले लेबनान जाने बताइएको छ ।
उहाँ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ लेवनानस्थित युनिफिल मिसनको निरीक्षण भ्रमणपछि मात्र अमेरिका जाने कार्यक्रम विवरणमा उल्लेख छ । उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको हो ।
टिप्पणीहरू