छायाँमा परेको सिंहदरबारको त्यो बैठक

छायाँमा परेको सिंहदरबारको त्यो बैठक

हिजो सिंहदरबारस्थित संसद सचिवालयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्यो । बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई पनि राखियो । झण्डै तीन घण्टासम्म बसेको बैठकमा प्रधानसेनापति शर्मा र भूतपूर्व रक्षामन्त्री ईश्वर पोखरेलको भनाइ आकाश जमिन फरक परेको थियो ।

अमेरिकी सेनाको एसपीपी कार्यक्रममा नेपाली सेनाले लिखित आवद्धता जनाएको विषयमा अहिले सर्वत्र चर्चा र विरोध भएको छ । यसले मुलुकको कुटनीतिक सम्बन्ध र असंलग्न परराष्ट्र नीतिमा नराम्रो धब्बा लगाएको एकथरिको विश्लेषण छ ।

हिजै सिंहदरबारस्थित संघीय संसद सचिवालयमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त राज्य निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक पनि बस्यो । समिति सभापति नीरादेवी जैरुको सभापतित्वमा बसेको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, पूर्व रक्षामन्त्री भीम रावल, सांसदहरु मातृकाप्रसाद यादवलगायतको उपस्थिति थियो ।

हिजो दिउँसो बसेको समिति बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका सम्बन्धमा छलफल भएको हो । तर, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उठेका विषयले नै धेरै चर्चा पाएपछि उक्त संयुक्त समितिको बैठकबारे धेरैले चासो नै दिएको देखिएन ।

टिप्पणीहरू