उता पनि आउन थाल्यो अवैध सुन, गहनाजति सबै मोजाभित्र
गत महिनादेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय २२ ग्राम सुनको गहना बोकेर आएका एक जना यात्रु पक्राउ परेका छन् ।
पाल्पाको राम्दिकोट १ का ३४ वर्षीय राजेन्द्र कामी पक्राउ परेको त्यहाँको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । कामीले मोजाभित्र तीन थान सुनको सिक्री र एक थान ब्रासलेट हालेका थिए ।
१ सय २२ ग्राम सुनको उक्त गहनाको मूल्य नौ लाख ९० हजार रुपैयाँ हुन आएको कार्यालयले जनाएको छ ।
आज बिहान अवतरण गरेको जजिरा एयरलाइन्सको उडानबाट आएका कामीलाई भोलि भन्सार कार्यालयमा पेश गरिने प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू