धादिङको धार्केमा किसानद्वारा २ ट्रक मल कब्जा

धादिङको धार्केमा किसानद्वारा २ ट्रक मल कब्जा

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा दुई ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका छन् ।

काठमाण्डौ भित्र्याइँदै गरेको रासायनिक मल धार्के आसपासका किसानले बीच बाटोमै ट्रक रोकेर निकालेका हुन् ।

धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् । मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको छ ।

राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेका छन् । थप विवरण आउन बाँकी छ ।

टिप्पणीहरू