लटरम्भेश्वरनेर लाश भेटियो

लटरम्भेश्वरनेर लाश भेटियो

पछिल्लो समयमा सामाजिक सञ्जालमा मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सीमास्थित लटरम्भेश्र मन्दिर भाइरल भएको छ । आज सोही मन्दिर नजिकै शव भेटिएको छ । निरन्तरको वर्षाका कारण शव गलेको अवस्थामा रहेको बताइएको छ ।

उक्त स्थान भीमफेदी गाउँपालिका ८ मा पर्छ । घटनाबारे स्थानीयले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली घटनास्थलतर्फ गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शवको सनाखत हुन सकेको छैन ।

टिप्पणीहरू